२०८३, आश्विन २० गते

images

रुग्ण आयोजनाको पुनरावलोकनका लागि समिति गठन

रुग्ण आयोजनाको पुनरावलोकनका लागि समिति गठन

बुधवार, चैत्र १८ २०८२०८:३५
बुधवार, चैत्र १८ २०८२०८:३५
  • images

    काठमाडौं । सरकारले रुग्ण रहेको आयोजनाको पुनरावलोकनका लागि एउटा समिति गठन गरेको छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अलपत्र परेका तथा रुग्ण अवस्थामा रहेका आयोजनाहरूको पुनरावलोकनका लागि समिति गठन गरेका हुन्।

    मन्त्री श्रेष्ठले मन्त्रालयका सहसचिव डा. महेश्वर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय अध्ययन समिति गठन गरेका हुन् ।

    उक्त समितिलाई ३० दिनभित्र आयोजनाहरूको औचित्य, बजेट व्यवस्थापन, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका विषयमा देखिएका समस्या पहिचान गरी समाधानका ठोस सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend