२०८३, आश्विन २० गते

images
  • राजनीति
  • संसद्को पहिलो बैठकमै सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव...

संसद्को पहिलो बैठकमै सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने

संसद्को पहिलो बैठकमै सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने

बुधवार, चैत्र १८ २०८२०८:३९
बुधवार, चैत्र १८ २०८२०८:३९
  • images

    काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच संसद्को पहिलो बैठकमै सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सहमति जुटेको छ । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको दलका प्रतिनिधिको बैठकमा उक्त सहमति जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। 

    “सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव पहिलो बैठकमा प्रस्तुत हुने र २० गते मनोनयन र २२ गते निर्वाचन गर्ने सहमति जुटेको छ”, उनले भने। दलहरूबीच संसद्को पहिलो बैठकमा जेनजीसहित सबै आन्दोलनका सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने तथा दलका शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने सहमति भएको छ ।

    बैठकले मौजुदा प्रतिनिधिसभा नियमावली प्रतिस्थापन नहुँदासम्मका लागि पूरानै नियमावलीबाट प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने र छिट्टै नयाँ नियमावली मस्यौदा गरेर जाने निर्णय गरेको छ । कार्यव्यवस्था समिति र अध्यक्षता गर्ने सदस्यको चयन गर्नेबारेमा पनि छलफल भएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार कार्यव्यवस्था समितिको सङ्ख्याका बारेमा थप सरसल्लाह हुनेछ । 

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसहित राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सहभागीता थियो ।

    प्रतिनिधिसभाको गत फागुन २१ गते सम्पन्न निर्वाचनपश्चात बिहीबारदेखि संसद्को नयाँ अधिवेशन प्रारम्भ हुँदैछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend