२०८३, आश्विन २० गते

images
  • राजनीति
  • संसद्को पहिलो बैठकमा रास्वपा सभापति लामिछानेदेखि...

संसद्को पहिलो बैठकमा रास्वपा सभापति लामिछानेदेखि हर्क साम्पाङले सम्बोधन गर्दै, यस्तो छ कार्यसूची

संसद्को पहिलो बैठकमा रास्वपा सभापति लामिछानेदेखि हर्क साम्पाङले सम्बोधन गर्दै, यस्तो छ कार्यसूची

बिहिवार, चैत्र १९ २०८२११:०२
बिहिवार, चैत्र १९ २०८२११:०२
  • images

    काठमाडौँ । नव गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय सभाकक्षमा बिहीबार दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।

    आजको बैठकका सत्तारुढ दल रास्वपाबाट सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन्। त्यसैगरि कांग्रेसका भीष्मराज आङ्देम्बे वा मोहन आचार्य, एमालेबाट रामबहादुर थापा बादल, नेकपाबाट वर्षमान पुन, श्रम संस्कृतिबाट हर्क साम्पाङ र राप्रपाबाट ज्ञानेन्द्र शाही बोल्ने तय भएको छ। 

    आजको बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने नेकपाका नेता गोविन्द आचार्यले जानकारी दिए।

    स्वतन्त्र सांसद महावीर पुनले पनि आज बोल्ने समय पाउनेछन्। रास्वपाका संदीय दलका नेता बालेन्द्र शाह ९बालेन० प्रधानमन्त्री नियुक्त भएका छन् । एमालेबाट थापा हिजो मात्रै दलको नेता चयन भएका थिए। 

    नेकपाबाट र राप्रपाबाट ज्ञानेन्द्र शाही संसदीय दलका नेता चयन भएका छन्। हालको संसद्को दोस्रो ठूलो दल कांग्रेसले भने अझै दलको नेता टुंग्याएको छैन। श्रम संस्कृति पार्टीले अध्यक्ष हर्क साम्पाङलाई नै दलको नेता चयन गर्ने तयारी गरे पनि औपचारिक रुपमा अझै निर्णय गरिसकेको छैन। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend