२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ‘बादल’को अभिव्यक्तिप्रति एमालेमै असन्तुष्टि, विष्णु पौडेलले...

‘बादल’को अभिव्यक्तिप्रति एमालेमै असन्तुष्टि, विष्णु पौडेलले भनेः पार्टी नीति विपरीत

‘बादल’को अभिव्यक्तिप्रति एमालेमै असन्तुष्टि, विष्णु पौडेलले भनेः पार्टी नीति विपरीत

बिहिवार, चैत्र १९ २०८२०८:४४
बिहिवार, चैत्र १९ २०८२०८:४४
  • images

    काठमाडौँ । नेकपा (एमाले) भित्रै मतभेद सतहमा देखिएको छ। पार्टीका उपाध्यक्ष विष्णु पौडेलले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति सार्वजनिक रूपमा आपत्ति जनाएका छन्।

    बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा थापाले जेनजी आन्दोलन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गरेका थिए। उक्त अभिव्यक्तिलाई लिएर उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत असहमति जनाउँदै त्यसलाई पार्टीको स्थापित नीति र मान्यता विपरीत भएको बताएका हुन्।

    ‘प्रतिनिधिसभाको आजको बैठकमा एमाले को दल नेताको हैसियतले मा। रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्,’ पौडेलले उल्लेख गरेका छन्।

    उनले यस विषयलाई गम्भीर रूपमा लिँदै भोलि बस्ने केन्द्रीय सचिवालय बैठकमा यसबारे विस्तृत छलफल हुने अपेक्षा पनि व्यक्त गरेका छन्। ‘यस सम्बन्धमा भोली आयोजना गरिएको एमाले को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,’ उनले भने।

    यसअघि संसद् बैठकमा बोल्दै थापाले जेनजी आन्दोलन, रास्वपा तथा राज्यका विभिन्न अंगहरूबारे टिप्पणी गरेका थिए। उनले संविधान निर्माणमा एमालेको भूमिका उल्लेख गर्दै पार्टी राज्यप्रति जिम्मेवार शक्ति रहेको दाबी गरेका थिए।

    उनको अभिव्यक्तिले पार्टीभित्रै बहस र विवाद सिर्जना गरेको संकेत देखिएको छ, जसले आगामी बैठकमा थप स्पष्ट दिशा लिन सक्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend