२०८३, आश्विन २० गते

images

आजदेखि साल्ट ट्रेडिङको सुपथ मूल्य पसल सञ्चालनमा, कुन वस्तुमा कति पाइन्छ छुट ?

आजदेखि साल्ट ट्रेडिङको सुपथ मूल्य पसल सञ्चालनमा, कुन वस्तुमा कति पाइन्छ छुट ?

मंगलवार, आश्विन ८ २०८१११:४४
मंगलवार, आश्विन ८ २०८१११:४४
  • images

    काठमाडौँ । सोमबारदेखि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैं, तिहार र छठ पर्व लक्षित बजार सुरु गरेको हो ।

    कम्पनीले मंगलबारदेखि काठमाडौँ उपत्यकाका ११ स्थान, उपत्यका बाहिरका २२ स्थान र तीन वटा घुम्ती सेवा मार्फत सेवा दिनेछ । उपत्यका र आसपासमा कालिमाटी, कोटेश्वर, सतुंगल, भक्तपुर, बनेपा, सिफल, कौशलटार, पाटन, बालाजु लगायत स्थानमा कम्पनीको सहुलियत बजार सञ्चालनमा छन् ।

    साल्ट ट्रेडिङले सञ्चालनमा ल्याएको पसलमा नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ, डिडिसीको घ्युमा लिटरमा १० रुपैयाँ, लङ्ग रेन र पाँच किलोको चामलमा १० रुपैयाँ र स्थानीय चामलहरूमा २५ देखि ३० रुपैयाँ बोरामा छुट दिइएको छ । साल्ट ट्रेडिङले मूल्यमा छुटसँगै गुणस्तरीय सामान उपलब्ध हुने बताइएको छ  ।

    साल्ट ट्रेडिङले यो बर्ष खाध्य सामाग्रीका साथै इन्ड्रक्स चुल्लो, इन्ड्रक्स बेस प्रेसर कुकर, कराई, फाईप्यान लगायतका सामाग्री बिक्रि गर्न लागेको छ । यी सामाग्रीले जनताको जनजीवनमा केही सहज हुने र कार्वन उत्सजनमा कमी ल्याउन सहयोगी भुमिका हुने कम्पनीले बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend