२०८३, श्रावण २५ गते

images
  • राजनीति
  • कांग्रेस आधिकारिकता विवाद: आज सर्वोच्चमा सुनुवाइ,...

कांग्रेस आधिकारिकता विवाद: आज सर्वोच्चमा सुनुवाइ, दुवै पक्षका नेता उपस्थित हुने

कांग्रेस आधिकारिकता विवाद: आज सर्वोच्चमा सुनुवाइ, दुवै पक्षका नेता उपस्थित हुने

images
सीएनएन खबर
आइतवार, चैत्र २२ २०८२१०:४२
सीएनएन खबर
आइतवार, चैत्र २२ २०८२१०:४२
  • काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । उक्त मुद्दा आजको सूचीको १२औँ नम्बरमा परेको छ।

    यसअघि चैत १ गते पनि पेसी तोकिए पनि पालो नआएकाले सुनुवाइ स्थगित भएको थियो ।

    त्यतिबेला रिट निवेदक तथा पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि अदालत पुगेका थिए ।

    आज भने दुवै पक्षका कांग्रेस नेताहरू अदालतमा उपस्थित हुने भएका छन् ।

    उपसभापति विश्वप्रकाश शर्मा पनि बहसका लागि सर्वोच्च अदालत जाने कार्यक्रम छ ।

    विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि र निर्वाचन आयोगले त्यसलाई मान्यता दिएपछि, उक्त निर्णयविरुद्ध खड्काले सभापति थापा, उपसभापति शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend