२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए...

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

मंगलवार, आश्विन ८ २०८१०५:१९
मंगलवार, आश्विन ८ २०८१०५:१९
  • images

    काठमाडौं ।  श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले मंगलबार आफ्नो नाम फिर्ता लिएका हुन् ।

    संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उत्तीर्णको प्रमाणपत्र माग गरेको थियो । तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम फिर्ता लिएको सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।


    सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दा भट्टराईसँग भने स्नातक उत्तीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो । तर भट्टराईले आफूलाई ११ असोजसम्मको समय दिन समितिसँग माग गरेका थिए ।

    १४ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये अष्ट्रेलियाका लागि सिफारिस कान्ता भट्टराईको नाम सरकारले सुनुवाइ समितिमा नै पठाएन । १७ जनाको संसदीय सुनुवाइपछि समितिले १६ जनाको नाम अनुमोदन गरिसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend