२०८३, आश्विन २० गते

images
  • राजनीति
  • महासंघ एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेको उम्मेदवारीः...

महासंघ एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेको उम्मेदवारीः सदस्यमा को–को ?

महासंघ एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेको उम्मेदवारीः सदस्यमा को–को ?

आइतवार, चैत्र २२ २०८२०२:११
आइतवार, चैत्र २२ २०८२०२:११
  • images

    काठमाडौँ , नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ प्रबलजंग पाण्डेको समूहले उम्मेदवारी दर्ता गराएको छ ।

    महासंघमा तीन कार्यकाल सदस्य भैसकेका पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

    पाण्डेको समूहबाट सदस्यमा अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, डोलराज अधिकारी, दिवस न्यौपाने, हेमन्त गोल्छा, ईश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, सचिन ढकाल, शक्तिकुमार बेगानी, सुशील थापा, सुयश प्याकुरेल, सुरज उप्रेती र उज्वल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

    पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको पनि समर्थन रहेको छ । पाण्डेको समूहबाट उम्मेदवारी दिएकामध्ये अम्बिका, बाबुकाजी, हेमन्त, जुना, राजेश कुमार, ऋषि, शक्ति कुमार, सुशील र उज्वल अहिलेको कार्यसमितिमा सदस्य छन् ।

    महासंघमा नयाँ नेतृत्व चयनका लागि यही चैत २९ र ३० गते ६० औं साधारण सभा तथा निर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend