काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
उक्त निर्णय भोलीदेखि नै लागू हुुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा सोमबार (चैत २३) देखि नै बिदा दिने निर्णय भएकाे हाे । शैक्षिक संस्थाबाहेकका कार्यालय ९ देखि ५ बजेसम्म कायम गरिने भएको छ ।

