२०८३, आश्विन २० गते

images
  • राजनीति
  • अदालतको आदेश पछि रिहा भइन एमाले...

अदालतको आदेश पछि रिहा भइन एमाले प्रदेश सांसद शर्मा

अदालतको आदेश पछि रिहा भइन एमाले प्रदेश सांसद शर्मा

आइतवार, चैत्र २२ २०८२०८:३०
आइतवार, चैत्र २२ २०८२०८:३०
  • images

    काठमाडौँ । एमाले लुम्बिनी प्रदेश सभाकी सांसद रेखा शर्मा रिहा भएकी छन्। आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने आदेश दिएको हो।

    महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते शर्मामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो। पहिल्यै निर्णय भइसकेको विषयमा पुनः प्रतिवादीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने अवस्था नदेखिएको भन्दै अदालतले हिरासत मुक्त गर्न आदेश दिएको छ। 

    आफ्नै घरमा काम गर्ने बालिकालाई यातना दिएको नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद शर्मा चैत १५ गते पक्राउ परेकी थिइन्।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो।

    डेढ एक वर्षअघि नै शर्मामाथि घरमा बाल श्रमिक राखेर श्रम शोषण गरेको आरोप लागेको थियो। ६ वर्षदेखि शर्माले घरमा एक बालिकालाई कामदारको रुपमा राखेर कुटपिटसहित श्रमशोषण गरेको आरोप थियो। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend