२०८३, आश्विन १९ गते

images
  • विश्व
  • राष्ट्रसंघीय अधिकारीद्वारा गाजा, वेस्ट बैंकमा चरम...

राष्ट्रसंघीय अधिकारीद्वारा गाजा, वेस्ट बैंकमा चरम संकटको चेतावनी

राष्ट्रसंघीय अधिकारीद्वारा गाजा, वेस्ट बैंकमा चरम संकटको चेतावनी

सीएनएन खबर
बुधवार, आषाढ १२ २०८१०३:२१
सीएनएन खबर
बुधवार, आषाढ १२ २०८१०३:२१
  • images

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले मङ्गलबार सुरक्षा परिषद्मा गाजा र वेस्ट बैङ्कमा बढ्दो सङ्कटको चेतावनी दिएका छन् ।

    सुरक्षाका परिषद्को.नियमित बैठकका क्रममा, मध्य पूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा ‘विनाशकारी मानवीय सङ्कटको वर्णन गर्दै  नागरिकहरू शत्रुता र पूर्ण विच्छेदको प्रभावबाट पीडित भएको बताए । 

    सङ्कट वृद्धिले ‘यस क्षेत्रका लागि थप पीडा र विनाशकारी परिणामतर्फ मात्र धकेलिरहेको उनले उल्लेख गरे । 
     
    वेन्नेसल्यान्डले चलिरहेको इजरायली बस्ती विस्तारलाई कुनै कानुनी वैधता नभएको औल्याउदै अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक संयुक्त राष्ट्रसङ्घका प्रस्तावहरूको स्पष्ट उल्लङ्घन भएकोप्रति आपत्ति व्यक्त गरे ।    

    यसै सन्दर्भमा इजरायल सरकारलाई बस्ती बिस्तारका सबै गतिविधि तुरुन्तै बन्द गर्न  वेन्नेसल्यान्डले आग्रह गरे । उनले आावासीय क्षेत्रमा विस्फोटक हतियारको प्रयोगको निन्दा गर्दै भने, ‘अस्पताल र संयुक्त राष्ट्र परिसरलगायत छिमेक र महत्त्वपूर्ण पूर्वाधारहरू नष्ट गरेको छ ।’

    वेन्नेसल्यान्डले प्यालेस्टिनी र इजरायलीबिचको हिंसा र आक्रमणलाई उल्लेख गर्दै हिंसाका सबै अपराधीलाई जवाफदेही बनाउन र तुरुन्त न्याय दिलाउनुपर्छ भन्ने कुरामा जोड दिए । 

    यसै क्रममा उनले लेबनान र इजरायली सशस्त्र फौजलाई छुट्याउने सीमा ब्लू लाइनमा इजरायल र हेजबुल्लाहबीच सम्भावित सैन्य वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे । 

    वेन्नेसल्यान्डले इजरायली वित्तीय बाधाद्वारा बढेको प्यालेस्टिनी प्राधिकरणको वित्तीय सङ्कटलाई सम्बोधन नगरिए प्यालेस्टिनी वित्तीय प्रणालीलाई गम्भीर असर पर्ने चेतावनी दिँदै कब्जामा रहेको वेस्ट बैङ्कको आर्थिक र सुरक्षाका लागि वित्तीय मुद्दाहरूको समाधान गर्न तत्काल कदम चाल्न आग्रह गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend