२०८३, आश्विन २० गते

images
  • राजनीति
  • संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था...

संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

बुधवार, चैत्र २५ २०८२११:०३
बुधवार, चैत्र २५ २०८२११:०३
  • images

    काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

    सिंहदरबारस्थित बहुउद्देश्यीय हलसँगैको समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार मध्याह्न १२ बजे बैठक बस्नेछ ।

    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

    आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नेछन् । त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend