२०८३, आश्विन २० गते

images

मन्त्रीको निर्देशनपछि टेलिकमले घटायो प्याकेजको समय, थपियो ३० दिनसम्मको समय

मन्त्रीको निर्देशनपछि टेलिकमले घटायो प्याकेजको समय, थपियो ३० दिनसम्मको समय

बुधवार, चैत्र २५ २०८२११:३१
बुधवार, चैत्र २५ २०८२११:३१
  • images

    काठमाडौँ । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। 

    कम्पनीका अनुसार ‘कम्बो २९९ प्याक’को समयावधि मंगलबार रातिदेखि २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको छ। यो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिना र नेपाल टेलिकमबीच भएको छलफलपछि तत्काल कार्यान्वयनमा आएको हो। 

    नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले हाल एउटा २८ दिने प्याकेजलाई ३० दिनमा रुपान्तरण गरिसकिएको र आगामी वैशाख ११ गतेसम्म यो अवधिका सबै प्याकेजलाई ३० दिनमा रुपान्तरण गरिसक्ने जानकारी दिइन्।

    यस व्यवस्थाबाट एनटिसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ। यो अवस्था लागू भएसँगै अब महिनामा एकपटक रिचार्ज गर्दा पुग्ने भएकाले प्रयोगलाई सहज बनाउने छ। 

    साथै उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्ने छन्। यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ। 

    एनटिसीको यस्तो सेवालाई उपभोक्तामैत्री सुधारका रूपमा लिइएको छ भने यसले टेलिकम क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणलाई समेत थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend