काठमाडौँ । पक्राउ परेको १३ औँ दिनमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक रिहा भएका छन्। पत्नी यशोदा लेखकको जिम्मा लगाएर प्रहरीले उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको हो। उनलाई चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो।
मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै उनी पक्राउ परेका थिए।

