२०८३, आश्विन २० गते

images
  • राजनीति
  • एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै...

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने, पित्तथैलीको शल्यक्रिया सोमबार

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने, पित्तथैलीको शल्यक्रिया सोमबार

बिहिवार, चैत्र २६ २०८२०३:०७
बिहिवार, चैत्र २६ २०८२०३:०७
  • images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन् ।

    जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी आज रिहा भएका हुन् । उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत थिए ।

    अध्यक्ष ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्णरूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उल्लेख गरे । 

    सर्वोच्च अदालतको परमादेश बमोजिम रिहा भएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले  आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा धन्यवाद दिए । आयोगको  प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा प्रहरीले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो । 

    पित्तथैलीको शल्यक्रिया सोमबार 

    पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया कहिले गर्ने भन्ने विषयमा चिकित्सकहरू छलफलमा जुटेका छन् ।
     
    ओलीको शल्यक्रिया सोमबार अथवा मंगलबार गरिने अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराले जानकारी दिए । उनका अनुसार ओलीको पिसाब संक्रमण निको भएमा सोमबार नै शल्यक्रिया गरिनेछ । 

    ओलीको पित्तथैलीमा समस्या देखिएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्यमा समस्या देखिँदा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend