काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनअघि आवश्यक रणनीति तय गर्न बैठक बोलाइएको हो।
दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपसभामुख निर्वाचनका साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिने रास्वपाले जनाएको छ।
उपसभामुख पदका लागि रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबी ठाकुर उम्मेदवार बनेकी छन्। सत्ता समीकरण र विपक्षी दलहरूको धारणा बुझ्दै अन्तिम रणनीति तय गर्न बैठक केन्द्रित हुने बताइएको छ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आफ्ना तर्फबाट सांसद सरस्वती लामालाई उम्मेदवार बनाएको छ। उपसभामुख पदका लागि हुने प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
प्रतिनिधि सभाको उपसभामुख निर्वाचन आजै हुँदै छ, जसले संसद्को शक्ति सन्तुलनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

