२०८३, आश्विन २० गते

images
  • राजनीति
  • बालेनले गरे मन्त्रिपरिषद् विस्तार, उद्योगमा गौरीकुमारी...

बालेनले गरे मन्त्रिपरिषद् विस्तार, उद्योगमा गौरीकुमारी यादव र श्रममा रामजी यादव नियुक्त

बालेनले गरे मन्त्रिपरिषद् विस्तार, उद्योगमा गौरीकुमारी यादव र श्रममा रामजी यादव नियुक्त

शुक्रवार, चैत्र २७ २०८२०२:११
शुक्रवार, चैत्र २७ २०८२०२:११
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गर्न लागिएको हो । 

    ​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । उनीहरुले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

    यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए। श्रम मन्त्रालय भने हिजोमात्रै श्रममन्त्री दीपक साह पदमुक्त भएपछि खाली रहेको थियो।

    रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।

    मन्त्रिपरिषद् विस्तारसँगै सरकारले रिक्त मन्त्रालयहरूमा नेतृत्व पूर्ति गर्दै कामलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend