काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४०० सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको मुल्य पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा किनबेच भएको चाँदी सोमबार घटेर ४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

