२०८३, आश्विन २० गते

images

उपसभामुखमा रुबीकुमारी ठाकुरले गरिन पदभार ग्रहण

उपसभामुखमा रुबीकुमारी ठाकुरले गरिन पदभार ग्रहण

सोमवार, चैत्र ३० २०८२०२:०४
सोमवार, चैत्र ३० २०८२०२:०४
  • images

    काठमाडौँ । संघीय संसदकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले सोमबार सिंहदरबारस्थित कार्यकक्षमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्। पदभार सम्हालेसँगै उनले आफ्नो कार्यकाललाई प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    पदभार ग्रहणपश्चात उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गर्दै संसद सञ्चालन, व्यवस्थापन तथा विधायी कार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरेकी थिइन्। भेटका क्रममा संसदभित्र सहकार्य र समन्वयलाई मजबुत बनाउने विषयमा दुवै पक्षले जोड दिएका थिए।

    गत २७ गते सम्पन्न निर्वाचनमार्फत ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन्। उक्त निर्वाचनमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा प्रतिस्पर्धामा थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन पाएकी ठाकुरले बहुमत मत प्राप्त गर्दै उपसभामुख पदमा जित हासिल गरेकी हुन्।

    नवनिर्वाचित उपसभामुख ठाकुरको पदभार ग्रहणसँगै संघीय संसदको कार्यसम्पादनलाई थप गतिशील र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, संसदमा विधेयक पारित गर्ने प्रक्रिया, छलफलको गुणस्तर तथा संसदीय अभ्यासलाई सुदृढ बनाउने दिशामा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend