२०८३, श्रावण २५ गते

images
  • राजनीति
  • अदालतको निर्णयपछि कांग्रेस सभापति थापाले भनेः...

अदालतको निर्णयपछि कांग्रेस सभापति थापाले भनेः जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो

अदालतको निर्णयपछि कांग्रेस सभापति थापाले भनेः जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो

images
शनिवार, बैशाख ५ २०८३११:३८
शनिवार, बैशाख ५ २०८३११:३८

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालत को पछिल्लो निर्णयलाई पार्टीभित्र एकता सुदृढ गर्ने अवसरका रूपमा लिँदै सबै नेता–कार्यकर्तालाई साझा यात्रामा अघि बढ्न आह्वान गरेका छन्।

    सभापति थापाले जारी गरेको सन्देशमा अदालतको निर्णय कुनै जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको स्पष्ट पार्दै यसले पार्टीलाई पुनः एकताबद्ध हुने वातावरण बनाएको बताएका छन्। “सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ,” उनले उल्लेख गरेका छन्।

    उनले देशभित्र तथा विदेशमा रहेका पार्टी सदस्य र शुभेच्छुकहरूलाई अब अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणमा सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन्। सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी आफ्नो भएको स्वीकार गर्दै उनले सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

    थापाले पार्टीको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै त्यसलाई सफल बनाउँदै पार्टी रूपान्तरण र सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। “महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ,” उनले भनेका छन्।

    अग्रजहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने सशक्त पार्टी निर्माणमा सबै एक ढिक्का भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्। “समुन्नत नेपाल निर्माणमा योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एकजुट भएर अघि बढौँ,” सन्देशमा उल्लेख छ।

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend