२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • शिक्षकले नै कुटे विद्यालय व्यवस्थापन समितिका...

शिक्षकले नै कुटे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष

शिक्षकले नै कुटे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष

सीएनएन खबर
बुधवार, आषाढ १२ २०८१०४:१८
सीएनएन खबर
बुधवार, आषाढ १२ २०८१०४:१८
  • images

    काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालयका अध्यक्ष र शिक्षकबीच कुटाकुट भएको पाइएको छ । मंगलबार विद्यालय समयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदि प्रसाद न्यौपाने, नि.मा.वि. शिक्षक जय शंकर धिताल र शिक्षक टेक बहादुर रोकायाबीच कुटाकुट भएको हो । 

    पालिकाले बुधबार एक विज्ञप्ती जारी गर्दै विद्यालय समयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षकबीच आपासी विवाद पश्चात ढुङ्गामुढा र हातपात भएको खबरप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

    ‘जिम्मेवार व्यक्तिहरुबाट नै यस प्रकारका घृणित र लज्जास्पत कार्यबाट सिंगो गाउँपालिकाको बदनाम हुनुका साथै निजहरुबाट शैक्षिक क्षेत्रको सुधारको अपेक्षामा तुषारापात भएको छ । विद्यालय जस्तो शान्ती क्षेत्रमा यस प्रकारको अमानविय कार्यको जति नै भत्सर्ना गरेपनि कम हुन्छ । आगामी दिनमा यस प्रकारका कार्यहरु विद्यालय हाताभित्र दोहोरिन नदिई बालबालिकाले शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न दोषिलाई कडा भन्दा कडा कारवाही गर्न गाउँपालिका प्रतिवद्ध छ’, पालिकाले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

    भएको के थियो ?

    मंगलबार दुर्गा माध्यमिक विद्यालयका शिक्षक जय शंकर धिताल र टेक बहादुर रोकायाबीच विद्यालयका गतिविधिका बारेमा सामान्य भनाभन भएको थियो । कक्षा सञ्चालन, प्रधानाध्यापक नियुक्त लगायतका विषयमा उनीहरुबीच भनाभन भएको पाइएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले जानकारी दिए ।

    दुई शिक्षकबीच भनाभनको अवस्थामा विद्यालयमा निर्माणधिन भवन निरिक्षणका लागि व्यवस्थापन समितिका अध्यक्ष न्यौपाने, वडा नम्बर ५ का निमित्त वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरु विद्यालय पुगेका थिए । 

    दुई शिक्षकबीच भनाभनको अवस्था देखेपनि अध्यक्ष न्यौपानेले भित्र गएर छलफल गरेर निष्कर्ष निकाल्न निर्देशन दिएपछि शिक्षकहरुले अध्यक्षमाथि हातपारे गरेका थिए । 

    notice.jpg
    विज्ञप्ती

    छानविन समिति गठन

    उक्त घटनापश्चात पालिकाले छानविन गर्न एक उपसमिति गठन गरेको छ । बुधबार बिहान बसेको बैठकले वडा नम्बर ६ का वडाअध्यक्ष विशाल खड्काको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । 

    उक्त समितिको सदस्यमा वडा नं ३ का वडा अध्यक्ष गोकर्ण रावल, ४ नं वडाका वडा अध्यक्ष अमर बहादुर रोकाया, महिला विकास तथा बालबालिका शाखा प्रमुख शान्ती भक्री सेजुवाल र शिक्षा विकास शाखा प्रमुख सुरत बहादुर शाहीलाई रहेका छन् । 
    उक्त समितिलाई ७ दिनको समय दिईएको छ । उक्त समितिले दिएको प्रतिवेदनका आधारमा दोषिलाई आवश्यक कारवाही गरिने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend