२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रास्वपाको सचिवालय बैठक बस्दै, के छन्...

रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

आइतवार, बैशाख ६ २०८३०६:४६
आइतवार, बैशाख ६ २०८३०६:४६
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको छ । 

    पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद् र विभागमा मनोनयन विषयमा छलफल तय भएको छ ।

    यस्तै, बैठकले महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञहरूबाट योजना आह्वान लगायतका विषयमा छलफल गर्ने छ । बैठकले प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी तय गर्ने छ ।

    यस्तै, संसदीय दलका लागि कार्यविधि र प्राविधिक सहायताको विषयमा पनि बैठकमा छलफल गरिने रास्वपाले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend