२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, होला...

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, होला गृहमन्त्री रहने कि जाने निर्णय ?

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, होला गृहमन्त्री रहने कि जाने निर्णय ?

सोमवार, बैशाख ७ २०८३०१:०१
सोमवार, बैशाख ७ २०८३०१:०१
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

    रास्वपाका प्रवक्ता मनिष झाले आज दिउँसो ३ः०० बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए । 

    उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि रास्वपाले पार्टीका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ । यसैबीच, आइतबार रास्वपाको सचिवालय बैठक पनि बसेको थियो ।

    बैठकमा प्रतिनिधिसभा सदस्यको सङ्गठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल भएको थियो । आजको बैठकले सचिवालयले प्रस्ताव गरेका बुँदालाई छलफल गरेर अनुमोदन गर्नेछ ।  

    आइतबारको सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा छलफल भएको थियो ।

    पछिल्लो केही दिन यता गृहमन्त्री गुरुङले राजीनामा दिनुपर्ने दबाब बढेन थालेपछि उनी पार्टी सभापति भेट्न निवासमै पुगेका हुन् । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा प्रत्यक्ष साझेदारी देखिएपछि गृहमन्त्री सुधन गुरुङमाथि राजीनामाको दबाब बढ्दो छ ।

    आइतबार मध्यरात गुरुङ र लामिछानेबीच भेटहुँदा लामिछानेले आजको बैठकमा उनको बारेमा निर्णय हुने बताएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend