काठमाडौँ । रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए । त्यस्तै, सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाइएको छ ।
यस्तै, आजको बैठकले रास्वपाको संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ६ जना सदस्य मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।
उनका अनुसार तुलसी प्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरी मञ्चमा मनोनीत भएका छन् ।
यसअघि उज्यालो पार्टीबाट आएका र पछि फेरि कुलमान घिसिले पार्टी छाडेपछि रास्वपामै बसेका सदस्यहरूलाई पनि यो मञ्चमा राखिएको छ ।

