२०८३, आश्विन २० गते

images
  • राजनीति
  • अर्थ मन्त्रीलाई साथमा राखेर प्रधानमन्त्री बालेनले...

अर्थ मन्त्रीलाई साथमा राखेर प्रधानमन्त्री बालेनले गरे राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

अर्थ मन्त्रीलाई साथमा राखेर प्रधानमन्त्री बालेनले गरे राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

मंगलवार, बैशाख ८ २०८३०१:५१
मंगलवार, बैशाख ८ २०८३०१:५१
  • images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग संयुक्त छलफल सुरु गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सो बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ । 

    उक्त बैठकमा नेपाल सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, योजना तथा कार्यक्रम र बजेटका विषयमा छलफल भइरहेको छ ।

    प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका लागि आवश्यक पर्ने मुख्य सुझावहरूका बारेमा पनि छलफल हुनेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend