२०८३, आश्विन २० गते

images
  • राजनीति
  • राजीनामाको दबाबबीच पार्टी सभापति भेट्न बुढानीलकण्ठ...

राजीनामाको दबाबबीच पार्टी सभापति भेट्न बुढानीलकण्ठ पुगे सुधन गुरुङ

राजीनामाको दबाबबीच पार्टी सभापति भेट्न बुढानीलकण्ठ पुगे सुधन गुरुङ

मंगलवार, बैशाख ८ २०८३०३:०५
मंगलवार, बैशाख ८ २०८३०३:०५
  • images

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा मुछिएका छन् ।

    यसै विषयलाई लिएर उनलाई राजीनामा दिनुपर्ने भन्दै टिप्पणी भइरहेको छ ।

    गृहमन्त्री गुरुङले लघुबीमा कम्पनीमा सेयर लगानीका सम्बन्धमा सामाजिक सञ्जालसमेत स्पष्टीकरण दिएका थिए । उनले उक्त सेयर ऋणमार्फत लिएको भनेका छन् । उनले यसबारे सम्पत्ति विवरणमा लुकाएको भनेर उनको आलोचना भइरहेको छ ।

    गुरुङ चैत १३ गते गृहमन्त्री बनेका हुन् । सार्वजनिक रुपमा चर्को आलोचना भएपछि उनी आफ्ना पार्टी सभापति लामिछाने भेट्न पुगेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend