२०८३, आश्विन २० गते

images
  • राजनीति
  • फाइल अड्कियो? ‘हेलो सरकार’मा उजुरी ...

फाइल अड्कियो? ‘हेलो सरकार’मा उजुरी गर्नुस

फाइल अड्कियो? ‘हेलो सरकार’मा उजुरी गर्नुस

बुधवार, बैशाख ९ २०८३०७:५७
बुधवार, बैशाख ९ २०८३०७:५७
  • images

    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानअन्तर्गत फर्छ्योट हुन नसकेका फाइलहरूको सम्बन्धमा गुनासो दिन सर्वसाधारणलाई आह्वान गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिमा समेत टुंगो नलागेका फाइलहरूबारे उजुरी दर्ता गर्न आग्रह गरेको हो।

    सूचना अनुसार २०८३ वैशाख ३० गतेदेखि २०८३ जेठ ७ गतेसम्म ‘शून्य बाँकी फाइल सप्ताह’ (Zero Pending File Week) अभियान सञ्चालन गरिएको थियो। उक्त अवधिमा तीनै तहका सरकारी निकायहरूमा रहेका फाइलहरू फर्छ्योट गर्ने लक्ष्य राखिएको भए पनि केही फाइलहरू अझै प्रक्रियामा अड्किएको गुनासो आएको छ।

    यस्ता फाइलहरूको सम्बन्धमा सेवाग्राहीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको ‘हेलो सरकार’ शाखामा गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। गुनासो टोल–फ्री नम्बर ११११ मार्फत वा कार्यालयको आधिकारिक वेबपेज https://gunaso.opmcm.gov.np/register मार्फत पनि दर्ता गर्न सकिने सूचनामा उल्लेख छ।

    कार्यालयले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राख्दै पारदर्शी र जवाफदेही शासन प्रणाली प्रवर्द्धन गर्न यस्तो पहल गरिएको जनाएको छ। साथै, सम्बन्धित सेवाको जानकारी लिन तथा गुनासो दर्ता गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

    सरकारले पछिल्लो समय सार्वजनिक सेवा प्रवाहलाई छिटो, प्रभावकारी र उत्तरदायी बनाउन ‘शून्य बाँकी फाइल’ अभियानलाई विशेष प्राथमिकतामा राख्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend