२०८३, आश्विन २० गते

images
  • राजनीति
  • हिमालयन रि मा श्रीमतीको सेयर देखिएपछि...

हिमालयन रि मा श्रीमतीको सेयर देखिएपछि मन्त्रालय तानिए सम्पत्ति शुद्धीकरणका डीजी ठाकुर

हिमालयन रि मा श्रीमतीको सेयर देखिएपछि मन्त्रालय तानिए सम्पत्ति शुद्धीकरणका डीजी ठाकुर

शुक्रवार, बैशाख ११ २०८३०३:०७
शुक्रवार, बैशाख ११ २०८३०३:०७
  • images

    काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानेको छ । 

    विवादीत व्यवसायी दीपक भट्टको लगानी रहेको हिमालयन रि इन्स्योरेन्समा ठाकुरको श्रीमतीको शेयर देखिएपछि ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको हो । 

    कम्पनीमा ठाकुरको पत्नि राखी निहारिका ठाकुरको नाममा २० हजार किता शेयर रहेको  पाइएको छ । दीपक भट्ट र सुलभ अग्रवाल संलग्न हिमालयन रि इन्स्योरेन्सको शेयर प्रकरणमा उनी समेत मुछिएपछि मन्त्री स्वर्णिम वाग्लेले विभागबाट तानेका हुन् । 

    भटट् र अग्रवालमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया अघि बढाइरहेका बेला विभागकै महानिर्देशक ठाकुरकी पत्नीको नाममा समेत शेयर देखिएपछि उनलाई मन्त्रालय तानिएको हो । 

    नयाँ महानिर्देशकको बारेमा निर्णय नभएको बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend