२०८३, आश्विन १९ गते

images
  • समाचार
  • एसईईको नजिता आज प्रकाशन हुँदै, कसरी...

एसईईको नजिता आज प्रकाशन हुँदै, कसरी हेर्ने नजिता ?

एसईईको नजिता आज प्रकाशन हुँदै, कसरी हेर्ने नजिता ?

सीएनएन खबर
बिहिवार, आषाढ १३ २०८१०८:३५
सीएनएन खबर
बिहिवार, आषाढ १३ २०८१०८:३५
  • images

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल बिहीबार बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी गरेको छ । 

    बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशनबारे निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ ।

    १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

    विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।

    लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ ।

    तर, विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् ।

    साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

    दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

    यसरी हेर्नुस् नतिजा


    एसईईको परीक्षाफल हेर्न सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुपर्छ । त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् । 

    त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर (उदाहरणका लागि: SEE 12345678) टाइप गरी १६०० वा ३४४५५ वा ३५००१ वा ३४९४९ वा ३१००३ एसएमएस पठाउनुहोस् । एसएमएसमार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend