२०८३, मंसिर ८ गते

नेप्से बढ्दा लगानीकर्तामा उत्साह, १६५ कम्पनीको शेयर मूल्य उकालो

नेप्से बढ्दा लगानीकर्तामा उत्साह, १६५ कम्पनीको शेयर मूल्य उकालो

images
मंगलवार, मंसिर ८ २०८३०३:२४
मंगलवार, मंसिर ८ २०८३०३:२४
  • images

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि बढेको छ। अघिल्लो कारोबार दिन झिनो अंकले बढेको नेप्से मंगलबार १५.३९ अंकले बढेको हो।

    नेप्से परिसूचकमा सुधार आएसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। मंगलबार ३५० कम्पनीका ५२ हजार ३८७ कारोबारमार्फत ५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

    अघिल्लो कारोबार दिन ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा मंगलबार कारोबार रकम करिब ४५ प्रतिशतले बढेको छ।

    मंगलबार १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

    कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ। कम्पनीको ३२ करोड १७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

    त्यस्तै, ग्लोबल आइएमई बैंकको ३० करोड ८३ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २२ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    मंगलबार एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको शेयर मूल्य ५.०५ प्रतिशतले बढेको छ। यता, मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ प्रतिशतले घटेको छ।

    मंगलबार कुनै पनि कम्पनीको शेयर मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन।

    लगातार दोस्रो कारोबार दिन नेप्से परिसूचक बढ्नुका साथै कारोबार रकममा समेत सुधार देखिएको छ। यद्यपि, बजारको यो सुधारले निरन्तरता पाउँछ वा पाउँदैन भन्ने आगामी कारोबारले देखाउनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend