२०८३, मंसिर ८ गते

  • बैंक बित्त
  • महालक्ष्मी विकास बैंकले प्रदान गर्‍यो जेहेन्दार...

महालक्ष्मी विकास बैंकले प्रदान गर्‍यो जेहेन्दार विद्यार्थीलाई ५० हजार छात्रवृत्ति

महालक्ष्मी विकास बैंकले प्रदान गर्‍यो जेहेन्दार विद्यार्थीलाई ५० हजार छात्रवृत्ति

images
मंगलवार, मंसिर ८ २०८३०२:३७
मंगलवार, मंसिर ८ २०८३०२:३७
  • images

    काठमाडौँ । सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विधार्थी छात्रवृत्ति प्रदान गरेको छ । 

    सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यका साथ स्व. श्री सीताराम प्रसाईको स्मृतिमा स्थापित सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विधार्थी छात्रवृत्ति श्री सिताराम सामुदायिक अंगे्रजी विद्यालय, मेचीनगर– १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरिएको हो । 

    यस प्रकारको छात्रवृत्तिको रकम ५०,००० रहेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच बैंकका शाखा प्रबन्धक ज्यूले विद्यालयका प्रधानध्यापक ज्यू मार्फत प्रदान गरिएको हो । यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ । 

    गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend