काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम सहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान तथा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना गर्दै आएको विकास बैंकले यस वर्ष पनि सो कार्यलाई निरन्तरता दिँदै मिति २०८३ मङ्सिर ७ गते देशका विभिन्न स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
विकास बैंकले केन्द्रीय कार्यालय रहेको भवन काठमाडौंको बालुवाटार सहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको रक्तदान कार्यक्रमहरूबाट कुल ७१३ युनिट रगत संकलन भएको छ । यस कार्यक्रमले रगतको आवश्यकता परेका बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास विकास बैंकले लिएको छ ।
विकास बैंकले २०औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ वटा शाखा कार्यालयहरुलाई पुरस्कृत समेत गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा कार्यालयहरुका शाखा प्रमुखहरुलाई नगद पुरस्कार र त्यपभल या Token of Appreciation बाट सम्मानित गरेको हो ।
त्यसैगरी, २०औँ वार्षिकोत्सवकै अवसरमा “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने मूल नाराका साथ विकास बैंकले मिति २०८३ मङ्सिर ५ गते Garima Road Race को तेस्रो संस्करण Garima Road Race 2083 समेत सफलतापूर्वक सम्पन्न गरेको थियो । काठमाडौंमा आयोजित उक्त दौड प्रतियोगितामा १,४०० भन्दा बढी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । स्वस्थ जीवनशैली, शारीरिक सक्रियता तथा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले खेलकुदमार्फत सकारात्मक सामाजिक सन्देश प्रवाह गरेको विश्वास विकास बैंकले लिएको छ ।
स्थापनाको दुई दशक पूरा गरेको यस गरिमामय यात्रामा निरन्तर विश्वास, साथ, सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण सेवाग्राही, शेयरधनी महानुभावहरू, नियामक निकायहरू, सञ्चार जगत, कर्मचारी, शुभेच्छुक तथा सरोकारवाला सबैप्रति गरिमा विकास बैंक लिमिटेड हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछ ।

