२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रास्वपाले बोलायो अनौपचारिक संसदीय छलफल, उपत्यकाका...

रास्वपाले बोलायो अनौपचारिक संसदीय छलफल, उपत्यकाका सांसदलाई उपस्थित हुन आग्रह

रास्वपाले बोलायो अनौपचारिक संसदीय छलफल, उपत्यकाका सांसदलाई उपस्थित हुन आग्रह

बुधवार, बैशाख १६ २०८३१०:००
बुधवार, बैशाख १६ २०८३१०:००
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक छलफल आज बस्ने भएको छ।

    पार्टी सभापतिसमेत सहभागी हुने उक्त छलफलका लागि काठमाडौँ उपत्यकामा उपलब्ध सबै सांसदहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

    रास्वपाका अनुसार बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना हुने तय गरिएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदीय गतिविधि तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।

    पार्टीले विशेषगरी पछिल्लो राजनीतिक घटनाक्रमबीच आफ्ना धारणा स्पष्ट पार्न र संसदीय रणनीति तय गर्न यो छलफल महत्वपूर्ण हुने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend