काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । बिहीबार (वैशाख १७) उनले ‘सहकारी ९पहिलो संशोधन० अध्यादेश, २०८३’ जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा उनले अध्यादेश जारी गरेका हुन् ।
सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि सिफारिस गरेको थियो । जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेशमात्र जारी गरिएको हो ।

