काठमाडौँ । स्मार्ट टेलिकमका संचालक सर्वेश जोशी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।
ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा बैशाख २१ गते सोमबारखुर्सानीटार काठमाडौंबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
हाल स्मार्ट टेलिकम बन्द रहेको छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतस्रद्द भएको थियो ।
उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो । तर, उक्त सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरेको आरोप जोशीमाथि छ ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिई २०८३ बैशाख२१ गते पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

