२०८३, आश्विन २० गते

images
  • राजनीति
  • प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन नेपाल बारको...

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन नेपाल बारको आकस्मिक बैठक आज

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन नेपाल बारको आकस्मिक बैठक आज

शुक्रवार, बैशाख २५ २०८३०८:१६
शुक्रवार, बैशाख २५ २०८३०८:१६
  • images

    काठमाडौँ । नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ ।

    संवैधानिक परिषद्ले बिहीबार प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन बारको बैठक बस्न लागेको हो । 

    बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई रायका लागि छलफलमा बोलाइएको बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाले जानकारी दिए । उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्नेछ ।

    बिहीबार बसेको संवैधानिक परिषद् बैठकले बहुमत निर्णयका आधारमा चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा। मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । 

    निर्णयमा असन्तुष्टि जनाउँदै परिषद् सदस्य रहेका राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend