२०८३, आश्विन २० गते

images

दूरसञ्चार प्राधिकरणको नेतृत्व चयन प्रक्रिया सुरु, जेठ ५ भित्र आवेदन दिन आग्रह

दूरसञ्चार प्राधिकरणको नेतृत्व चयन प्रक्रिया सुरु, जेठ ५ भित्र आवेदन दिन आग्रह

शनिवार, बैशाख २६ २०८३१२:२२
शनिवार, बैशाख २६ २०८३१२:२२
  • images

    काठमाडौँ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको नेतृत्व र सञ्चालक समितिमा नयाँ नियुक्ति प्रक्रिया सुरु गरेको हो ।

    मन्त्रालयका अनुसार प्राधिकरणको एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि उम्मेदवार छनोट गरिनेछ । यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकहरूले आगामी २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

    यस पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फाराम र अन्य आवश्यक कागजातहरूको विस्तृत विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend