२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ‘मलाई बोल्न दे सरकार भन्दै खुस्बु...

‘मलाई बोल्न दे सरकार भन्दै खुस्बु ओलीले सदनमा मागिन प्रधानमन्त्रीको जवाफ

‘मलाई बोल्न दे सरकार भन्दै खुस्बु ओलीले सदनमा मागिन प्रधानमन्त्रीको जवाफ

बिहिवार, बैशाख ३१ २०८३१२:२३
बिहिवार, बैशाख ३१ २०८३१२:२३
  • images

    काठमाडौँ । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन शाहले जनताको प्रश्नको सदनबाटै जवाफ दिनुपर्ने बताएकी छन्।

    प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बीचमै उठेर गएको भन्दै असन्तुष्टि जनाइन्।

    उनले प्रधानमन्त्रीले संसद्मा उठेका विषयमा जवाफ दिनुको सट्टा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिने गरेको आरोप लगाइन्।

    उनले भनिन्, ‘सायद प्रधानमन्त्रीज्यूको सदनप्रति अनिच्छुक हुनुहुन्छ, त्यसैले सहभागिता दिइराख्नुभएको छैन। मलाई बोल्न दे सरकार भनेर आज उहाँलाई जनताले यो देशको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बनाएको छ। त्यसको कदर होस्।’

    संसद्‌मा देशभरका प्रतिनिधिहरूबाट महत्त्वपूर्ण सुझाव र विचार आउने भएकाले प्रधानमन्त्रीले छलफलमा सहभागी हुनुपर्ने बताइन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend