काठमाडौँ । लगातार ४ दिन सार्वजनिक बिदा परेको छ । सरकारले जेठ १४ गते बकर ईदका लागि बिदा दिने निर्णय अनुसार ४ दिन सार्वजनिक बिदा परेको हो ।
जेठ १४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस, १६ गते शनिबार र १७ गते आईतबार गरी ४ दिन बिदा परेको हो ।
गृह मन्त्रालयले आज सूचना जारी गरी बकर ईदको अवसरमा जेठ १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

