२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कामना सेवा विकास बैंक द्वारा अनाथ...

कामना सेवा विकास बैंक द्वारा अनाथ तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण

कामना सेवा विकास बैंक द्वारा अनाथ तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण

शुक्रवार, जेठ ८ २०८३०२:३३
शुक्रवार, जेठ ८ २०८३०२:३३
  • images

    काठमाडौं । कामना सेवा विकास बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोंगबुमार्फत “हाम्रो बाल संरक्षण धरोहर नेपाल” मा रहेका अनाथ तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।

    बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले एलकेजीदेखि कक्षा १० सम्म अध्ययनरत २८ जना बालबालिकाका लागि शैक्षिक सामग्री संस्थाकी संस्थापक विनिता अर्याललाई हस्तान्तरण गरेका हुन्।

    CSR 2.jpg
    undefined

    कार्यक्रममा बोल्दै संस्थापक अर्यालले अनाथ तथा असहाय बालबालिकाको शैक्षिक पहुँच विस्तारमा बैंकले गरेको सहयोग सकारात्मक र प्रेरणादायी रहेको बताइन्। उनले बैंकको सहयोगले बालबालिकाको अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।

    कार्यक्रमका अवसरमा बालबालिकाले पनि खुशी व्यक्त गर्दै बैंकप्रति आभार प्रकट गरेका थिए।

    बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि समाज, शिक्षा तथा बालबालिकाको विकासमा योगदान पुर्‍याउने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend