२०८३, आश्विन १९ गते

images
  • समाचार
  • तालिमकै क्रममा ८ सशस्त्र प्रहरी बेहोस,...

तालिमकै क्रममा ८ सशस्त्र प्रहरी बेहोस, ६ जनालाई काठमाडौं ल्याइयो

तालिमकै क्रममा ८ सशस्त्र प्रहरी बेहोस, ६ जनालाई काठमाडौं ल्याइयो

शुक्रवार, जेठ ८ २०८३०२:४१
शुक्रवार, जेठ ८ २०८३०२:४१
  • images

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल का ८ जना जवान तालिमका क्रममा बेहोस भएका छन्। शुक्रबार कैलालीको नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय मा नियमित अभ्यासका क्रममा उनीहरू बेहोस भएका हुन्।

    सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेहोस भएका मध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने २ जनाको अवस्था सामान्य रहेको छ।

    डीएसपी थापाले नेपाली सेनाको स्काई ट्रकमार्फत शुक्रबार दिउँसो पौने २ बजे उनीहरूलाई काठमाडौं पठाइएको जानकारी दिए।

    प्रारम्भिक रूपमा अत्यधिक गर्मीका कारण तालिमका क्रममा जवानहरू बेहोस भएको हुनसक्ने अनुमान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend