काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा शुक्रबार दोहोरो अङ्कको सुधार देखिएको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.३८ अङ्कले बढेर २७५८.४९ विन्दुमा पुगेर बन्द भएको हो।
आज कुल ३३६ कम्पनीका १ करोड ८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।कारोबारमा २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
समूहगत सूचकमध्ये हाइड्रोपावर समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले बढेको छ। ट्रेडिङ समूहबाहेक अन्य सबै समूहमा हरियाली देखिएको छ। ट्रेडिङ समूह भने ०.४२ प्रतिशतले घटेको छ।
आज सबैभन्दा बढी नाफा कमाउने कम्पनी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रह्यो। कम्पनीको सेयर मूल्य १४.८१ प्रतिशतले बढेको छ। यस्तै मैलुङ इनर्जी को सेयर मूल्य ९.६४ प्रतिशत र आँखुखोला जलविद्युत कम्पनी को मूल्य ६.९३ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ४३ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि रिडी हाइड्रोपावर को २४ करोड ५४ लाख रुपैयाँ तथा नेसनल हाइड्रोपावर को १६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

