२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ६ सांसदले बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका...

६ सांसदले बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका मात्रै पाँच जना

६ सांसदले बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका मात्रै पाँच जना

मंगलवार, जेठ १२ २०८३१२:०५
मंगलवार, जेठ १२ २०८३१२:०५
  • images

    काठमाडौँ । प्रतिनिधि सभाका ६ जना सांसदले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको छ । संघीय संसद् सचिवालयले जेठ १० गतेसम्म सम्पत्ति विवरण पेश गर्न आग्रह गरेकामा ६ सांसदले विवरण नबुझाएका हुन् ।

    संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार तोकिएको समयभित्र २५४ जना सांसदले सम्पत्ति विवरण बुझाएका छन् भने ६ जनाले अझै विवरण पेश गरेका छैनन् । २७५ सदस्यीय प्रतिनिधि सभामा रहेका १७ जना मन्त्रीले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाउने व्यवस्था रहेको छ ।

    सचिवालयका अनुसार एक बहालवाला मन्त्री र एक जना पूर्वमन्त्रीले समेत सचिवालयमै पुगेर सम्पत्ति विवरण बुझाएका छन् ।

    सम्पत्ति विवरण नबुझाउने सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का पाँच जना रहेका छन् । रास्वपाका आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतोले अझै सम्पत्ति विवरण पेश नगरेको सचिवालयले जनाएको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद धनबहादुर बुढाले पनि विवरण नबुझाएको उल्लेख गरिएको छ ।

    भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदभार ग्रहण गरेको ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत खुलाएर अद्यावधिक विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

    सोही व्यवस्थाअनुसार संघीय संसद् सचिवालयले फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend