२०८३, आश्विन १९ गते

images
  • समाचार
  • आफूलाई सुम्पिएको जिम्मेवारीको पूर्ण बोध छ...

आफूलाई सुम्पिएको जिम्मेवारीको पूर्ण बोध छ : प्रधानमन्त्री शाह

आफूलाई सुम्पिएको जिम्मेवारीको पूर्ण बोध छ : प्रधानमन्त्री शाह

मंगलवार, जेठ १२ २०८३०३:४१
मंगलवार, जेठ १२ २०८३०३:४१
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले आफूलाई सुम्पिएको जिम्मेवारीको पूर्णरूपमा बोध गरिरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार युरोपेली संघ (ईयू) मा आबद्ध मुलुकहरूका आवासीय तथा गैरआवासीय राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले नेपाली नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

    प्रधानमन्त्री शाहले नयाँ सरकार बनेको अर्थ विगतका नीतिबाट पूर्ण रूपमा अलग हुनु नभएको उल्लेख गर्दै नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य बनाइने बताए । लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न सरकार दृढ रहेको उनको भनाइ थियो ।

    उनले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभ लिन चाहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माण, प्रक्रियागत सहजीकरण, नवप्रवर्तन प्रवर्द्धन तथा दिगो विकासलाई प्राथमिकतामा राखिएको बताए ।

    प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने स्पष्ट पार्दै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन, पर्यटनलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न सरकार सक्रिय रहेको बताए ।

    विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै उनले सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । द्वन्द्वको सबैभन्दा ठूलो असर सर्वसाधारण नागरिकमाथि पर्ने भएकाले विश्व समुदायले शान्ति स्थापनामा गम्भीर पहल गर्नुपर्ने उनको भनाइ थियो ।

    भेटमा काठमाडौँ र नयाँदिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा अन्य कूटनीतिक नियोगका प्रतिनिधिहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै प्रधानमन्त्री शाहलाई नयाँ सरकारको नेतृत्व सम्हालेकोमा बधाई दिएका थिए । उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिका क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी विस्तार गर्न आफूहरू तयार रहेको बताएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend