२०८३, आश्विन १९ गते

images
  • समाचार
  • गृहले गर्‍यो ट्रेड युनियन गतिविधिमा सक्रिय...

गृहले गर्‍यो ट्रेड युनियन गतिविधिमा सक्रिय २० नासुको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

गृहले गर्‍यो ट्रेड युनियन गतिविधिमा सक्रिय २० नासुको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

बुधवार, जेठ १३ २०८३१०:३३
बुधवार, जेठ १३ २०८३१०:३३
  • images

    काठमाडौँ । गृह मन्त्रालयले ट्रेड युनियन गतिविधिमा सक्रिय रहेको चर्चा गरिएका २० जना नायब सुब्बा ९नासु० को सरुवा गरेको छ । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा खटाइएका ती कर्मचारीलाई मंगलबार विभिन्न जिल्लामा पठाइएको हो ।

    सरुवा गरिएकामध्ये अधिकांश कर्मचारी लामो समयदेखि सिंहदरबार र उपत्यकाभित्रका कार्यालयमा कार्यरत रहँदै ट्रेड युनियन गतिविधिमा सक्रिय रहेको कर्मचारी वृत्तमा चर्चा छ । केही कर्मचारी भने तोकिएको कार्यालयमै रहेर जिम्मेवारी निर्वाह गरिरहेका भए पनि अधिकांश संगठनात्मक गतिविधिमा बढी केन्द्रित रहेको आरोप लाग्ने गरेको थियो ।

    प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि पहिलो चरणमै ट्रेड युनियन संरचना खारेज गर्ने निर्णय गरिएको थियो । त्यसयता युनियन गतिविधिमा सक्रिय कर्मचारीलाई उपत्यकाबाहिर खटाउने नीति अघि बढाइएको स्रोतहरूको दाबी छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कर्मचारी प्रशासनलाई प्रभावमा पार्ने, आफूअनुकूल कार्यालयमा लामो समय बस्न दबाब दिने र सरुवाका विषयलाई लिएर आन्दोलनसम्म गर्ने प्रवृत्तिले प्रशासनिक प्रणालीमाथि प्रश्न उठिरहेको थियो ।

    यस्तै, केही ट्रेड युनियनकर्मी नेताहरूले पदीय हैसियतभन्दा अस्वाभाविक सम्पत्ति जोडेको विषय पनि निजामती वृत्तमा चर्चाको विषय बनेको छ । राजधानीमा घरघडेरी, ठूलो बैंक ब्यालेन्स तथा सरुवामै आर्थिक चलखेल भएको आरोपबारे समेत सूक्ष्म अध्ययन भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend