२०८३, आश्विन १९ गते

images
  • समाचार
  • महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ जेठ...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ जेठ १७ देखि हुने

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ जेठ १७ देखि हुने

बुधवार, जेठ १३ २०८३१०:४७
बुधवार, जेठ १३ २०८३१०:४७
  • images

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३२औँ वर्ष प्रवेश गरेको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ आयोजना गर्ने भएको छ।

    प्रतियोगिता जेठ १७ गतेदेखि जेठ २२ गतेसम्म काठमाडौंको चन्द्रागिरिस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुनेछ। बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा आयोजना गर्दै आएको यो प्रतियोगितालाई कर्पोरेट क्षेत्रको प्रतिष्ठित क्रिकेट लिगका रूपमा लिइन्छ।

    नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र मर्चेन्ट बैंकहरूको सहभागिता रहने प्रतियोगितामा २४ टिमका २४० खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, बीमा कम्पनी र मर्चेन्ट बैंकका टिमले प्रतिस्पर्धा गर्नेछन्।

    लिग कम नकआउट ढाँचामा हुने प्रतियोगितामा कुल ४५ खेल खेलाइनेछ। सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहबाट उत्कृष्ट एक टोली सुपर सिक्समा प्रवेश गर्नेछ। खेल १० ओभर प्रतिइनिङ्सको हुनेछ।

    प्रतियोगिताको उद्घाटन जेठ १७ गते र समापन तथा पुरस्कार वितरण समारोह जेठ २२ गते हुने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेता, उपविजेता, म्यान अफ द सिरिज, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डर, फेयर प्ले अवार्डलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ।

    प्रतियोगिताका सम्पूर्ण खेल बैंकको आधिकारिक सामाजिक सञ्जाल, युट्युब च्यानल तथा नेवा टेलिभिजन र नेवा टेलिभिजनको युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुने जनाइएको छ।

    ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नाराका साथ महालक्ष्मी विकास बैंकले देशभर १०३ शाखामार्फत करिब ८ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend