२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भियतनाममा सामसङको १.५ अर्ब डलरको चिप...

भियतनाममा सामसङको १.५ अर्ब डलरको चिप प्लान्ट, २०२७ देखि सञ्चालन लक्ष्य

भियतनाममा सामसङको १.५ अर्ब डलरको चिप प्लान्ट, २०२७ देखि सञ्चालन लक्ष्य

बुधवार, जेठ १३ २०८३१२:०५
बुधवार, जेठ १३ २०८३१२:०५
  • images

    काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले भियतनाममा सेमिकन्डक्टर अर्थात् चिप परीक्षण प्लान्ट निर्माण गर्न १.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ।

    कम्पनीले करिब ३९ ट्रिलियन भियतनामी डङ बराबरको लगानीमा हनोईबाट करिब ६० किलोमिटर उत्तरमा रहेको औद्योगिक क्षेत्रमा प्लान्ट निर्माण अघि बढाएको हो। रोयटर्सले समीक्षा गरेको कम्पनीको प्रस्तावसम्बन्धी दस्ताबेजअनुसार उक्त कारखाना नोभेम्बर २०२७ देखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

    यो सामसङको भियतनाममा पहिलो चिप परीक्षण प्लान्ट हुनेछ। कृत्रिम बौद्धिकता (एआई) र डेटा सेन्टरको विस्तारसँगै मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढिरहेका बेला सामसङले आपूर्ति क्षमता बढाउने रणनीतिअन्तर्गत नयाँ लगानी अघि सारेको हो।

    मेमोरी चिप अभावका कारण स्मार्टफोन, ल्यापटप, सर्भर तथा अटोमोबाइल उद्योगसमेत प्रभावित हुँदै आएका छन्। नयाँ प्लान्टले चिप परीक्षण तथा आपूर्ति शृङ्खलामा सामसङको क्षमता बढाउने अपेक्षा गरिएको छ।

    सामसङ भियतनामको सबैभन्दा ठूलो विदेशी लगानीकर्ता हो। मोबाइल फोन, इलेक्ट्रोनिक्स तथा पार्टपुर्जा उत्पादनमा ठूलो उपस्थिति बनाइसकेको सामसङको यो नयाँ लगानीले भियतनामलाई सेमिकन्डक्टर आपूर्ति शृङ्खलाको महत्वपूर्ण केन्द्रका रूपमा थप स्थापित गर्ने देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend