२०८३, आश्विन १९ गते

images
  • समाचार
  • नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्यो, उपभोगमै...

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्यो, उपभोगमै आधारित अर्थव्यवस्था

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्यो, उपभोगमै आधारित अर्थव्यवस्था

बुधवार, जेठ १३ २०८३०१:३१
बुधवार, जेठ १३ २०८३०१:३१
  • images

    काठमाडौं । नेपालको अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष २०८२/८३ मा ६६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार यस वर्ष उल्लेख्य रूपमा विस्तार भएको हो।

    सर्वेक्षणअनुसार प्रदेशगत रूपमा अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान बागमती प्रदेशको रहेको छ। बागमतीले राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा ओगटेको छ भने सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ४.२ प्रतिशत रहेको छ। यसले प्रदेशगत आर्थिक असन्तुलन अझै कायम रहेको संकेत गरेको छ।

    नेपालको अर्थतन्त्र अझै उपभोगमुखी रहेको तथ्य पनि सर्वेक्षणले देखाएको छ। कुल गार्हस्थ्य उत्पादनमा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ। उत्पादन र लगानीभन्दा उपभोगमा आधारित आर्थिक संरचना बलियो देखिएको सर्वेक्षणले उल्लेख गरेको छ।

    त्यस्तै, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर तथा प्रतिव्यक्ति खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend