काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दर्जनभन्दा बढी सांसदमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा घटनाक्रमका क्रममा सांसदहरूको भूमिकामाथि छानबिन आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित निकायलाई कारबाही प्रक्रिया अघि बढाउन सुझाव दिएको हो ।
प्रतिवेदनमा नाम उल्लेख गरिएका सांसदहरूमा पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संगौला, सुधन गुरुङ र आशिका तामाङ रहेका छन् ।
आयोगले घटनाको निष्पक्ष अनुसन्धान गर्दै कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

