२०८३, आश्विन २१ गते

images

सुनको मूल्यमा उछाल, एकै दिन तोलामा ५ हजार ६ सय रुपैयाँ वृद्धि

सुनको मूल्यमा उछाल, एकै दिन तोलामा ५ हजार ६ सय रुपैयाँ वृद्धि

शुक्रवार, जेठ १५ २०८३११:१४
शुक्रवार, जेठ १५ २०८३११:१४
  • images

    काठमाडौँ । साताको कारोबारको छैटौँ दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार बढेर प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १७५ रुपैयाँले वृद्धि हुँदै चाँदीको मूल्य ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    महासंघका अनुसार शुक्रबार १० ग्राम छापावाला सुनको मूल्य २ लाख ४९ हजार १४५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४ हजार ३२१ रुपैयाँ निर्धारण गरिएको छ।

    अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर अस्थिर रहँदै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend